Comments Add Comment

सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क नि:शुल्क पाइने

२० चैत, काठमाडौं ।नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नेपालको शीर्ष ई(कमर्स प्लेटफर्म सस्तोडिलसँग सहकार्य गरेको छ।

सेलपेको ग्राहकहरुले सस्तोडिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेलपे एप्प मार्फत क्वीआर कोड स्क्यान गरी भुक्तानी गरेमा १० थान मास्क निस्शुल्क पाउनेछन्।

सस्तोडिलले अत्यावश्यक सामग्रीहरु ग्राहकहरुको घरमै पुर्याउनको लागि नेपाल सरकारबाट अनुमती प्राप्त गरेको छ। यसबाग्राहकहरुले कोरोनाको संक्रमणबाट बच्नको लागि सामाजिक दुरी कायम गर्न थप मद्दत पुग्नेछ।

सेलपेबाट विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमाभुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरलगायतका काम गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment