+
+
Shares

लक्ष्मी बैंक सञ्चालनको १९औं वर्षमा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते १०:५०

२० चैत, काठमाडौं । लक्ष्मी बैंकले स्थपनाको १८ बर्ष पुरा गरी १९ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा लक्ष्मी बैंकले आफ्ना सम्पूर्ण ग्राहक,शेयरधनीहरु,नियामक निकायहरु त्था  बैंकसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिएर निरन्तर सहयोग तथा मार्गदर्शन प्रदान गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेको छ ।

सर्वप्रथम विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को महामारीको यस घडिमा आफ्नो पेशागत धर्म निर्वाह गर्दै अहोरात्र खटिइरहनु भएका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी तथा अन्य अत्यावश्यक सेवा प्रदायक व्यक्ति,संघ संस्था तथा निकायहरु प्रति हामी आभार प्रकट गरेको छ ।

लक्ष्मी बैंकले स्थपनाकालदेखि नै आफ्ना ग्राहकरुलाई प्रदान गर्ने सेवाहरु सूचना प्रविधिको प्रयोग गरि विभिन्न डिजिटल माध्यमहरु मार्फत प्रवाह गर्दै आगामी दिनमा पनि ग्राहक महानुभावहरुलाई सहज एवं सुरक्षित सेवा प्रदान गर्ने डिजिटल बैंकिङलाई व्यापक एवं सुदृढ बनाउँदै लैजान तथा नविनतम डिजिटल प्रोडक्ट सेवाहरु थ्प गर्नुका साथै ग्राहकहरुमा आवश्यक ज्ञान र सचेतना बढाउन विशेष रुपले डिजिटल सेवा प्रयोगको लागी साक्षरता अभियान संञ्चालन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

असामान्य परिस्थिका कारणबाट ग्राहक महानुभावहरुले भोग्नु परेको कठिनाई तथा समग्र अर्थतन्त्रमा पर्ने असरहरुप्रति हामि संवेदनशिल छौ, बैंकले भनेको छ । यसको सामाना गरी आफ्ना ग्राहकहरुको वित्तीय हितलाई ध्यानमा राखि अर्थतन्त्रमा पर्ने दूरगामी असरहरुलाई न्यूनीकरण गर्न यस बैंकबाट कटिबद्ध रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?