News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले राष्ट्रसंघ महासभामा भोटेकोशी-त्रिशूलीको विनाशकारी बाढीलाई ‘माउन्टेन सुनामी’ भन्दै पुनर्निर्माणका लागि जीडीपीको करिब १० प्रतिशत चाहिने बताए।
- उनले विपद्मा कम्तीमा १ हजार ४०० जनाको मृत्यु र ६ हजारभन्दा बढी बेपत्ता भएको तथ्यांक प्रस्तुत गरे।
- उनले २०१५ को भूकम्पपछिजस्तै अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गर्दै भारत र चीनसहितका देशलाई तत्काल सहयोगका लागि धन्यवाद दिए।
९ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘माउन्टेन सुनामी’ को सङ्ज्ञा दिँदै यसपछिको पुनर्निर्माणका लागि नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत रकम आवश्यक पर्ने बताएका छन्।
राष्ट्रसंघको महासभामा शुक्रबार बिहान बोल्दै उनले विपद्मा कम्तीमा १ हजार ४०० जनाको मृत्यु भएको र ६ हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेको भयावह तथ्यांक प्रस्तुत गरे।
सन् २०१५ को भूकम्पपछिको पुनर्निर्माणमा जस्तै अहिले पनि अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता र सहयोगको अपेक्षा गर्दै उनले तत्काल सहयोग गर्ने छिमेकी राष्ट्र भारत र चीन लगायत सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4