+
+
Shares

नेदरल्यान्ड्सका नागरिक बोकेर उड्यो मलेसिया एयर, चीनतर्फ लाग्यो नेपाल एयरलाइन्स

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते ११:३१

२० चैत, काठमाडौं । नेदरल्यान्डका नागरिक बोकेर मलेसिया एयरलाइन्सको जहाज उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेदरल्यान्डका एक सय २२ जना यात्रु बोकेर जहाज युरोपका लागि उडेको हो ।

लकडाउन लम्बिएपछि नेपालबाट युरोपका धेरै मुलुकले यात्रु उडाइरहेका छन् ।  यसअघि फ्रान्स, जर्मनी लगायतका युरोपेली देशसहित अमेरिका, अस्ट्रेलिया लगायतका मुलुकले पनि आफ्ना नागरिकलाई विमान चार्टर गरेर फिर्ता लगेका थिए ।

विमानस्थल कार्यालयका अनुसार बिहीबार नै व्यापारीहरूले ल्याउन लागेको मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी चीनको ग्वान्झाउतर्फ उडेको छ । बिहीबार नै साँझ नेपाल एयरलाइन्सको अस्ट्रेलिया गएको जहाज काठमाडौं फर्किने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?