+
+

मुखको सरसफाई कसरी गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते १९:३२

हामी आफ्नो छाला तथा केशको बारेमा अति नै सम्वेदनशील हुन्छौं । यसका लागि हामी विभिन्न किसिमका उत्पादनहरुको प्रयोग गर्छौंं । तर, जब कुरा मुख (ओरल) को स्वास्थ्यको कुरा आउँछ, हामी त्यति वास्ता गर्दैनौं । तर, वास्तविकता के हो भने हाम्रो शरीरमा जाने हरेक प्रकारका पोषक तत्व, भाइरस तथा ब्याक्टेरियाको सबैभन्दा प्रमुख बाटो भनेको नै मुख हो ।

त्यसैले हाम्रो शरीरको यो अंग हाम्रो रोग प्रतिरोधक क्षमताका लागि अति नै महत्वपूर्ण छ । मुखको स्वास्थमा ध्यान दिएर हामी आफ्नो प्राथमिक स्वास्थलाई सुर्धाने दिशामा पहिलो कदम बढाउन सक्छौं । त्यसो त मुखको स्वास्थ्यको आवश्यकता यसकारण पनि छ, किनभने यसको सम्बन्ध केवल खानुसंग मात्र नभएर बोल्ने र मुस्कुराउनुसंग पनि छ ।

मुखको स्वास्थ्य हाम्रो अन्य अंगको स्वास्थसंग पनि सम्वन्धित छ । यो कुरालाई तपाईंले यसरी पनि बुझ्न सक्नु हुन्छ, जब हामी विरामी हुन्छौं, हामीलाई खानेकुराको स्वाद हुँदैन । हामी खानेकुराको स्वाद थाहा पाउने क्षमता गुमाउँछौं ।

शरीरको स्वास्थ र मुखको सफाई  

यो सम्बन्धलाई बुझ्नका लागि हाम्रो मुख नै हाम्रो पाचन प्रक्रिया र स्वास प्रणालीसंग सम्बन्धित छ भन्ने कुरा बुझ्न आवश्यक छ । कहिलेकाहिं रोग उत्पन्न गराउने विभिन्न प्रकारका खतरनाक ब्याक्टेरिया हाम्रो मुखको माध्यमबाट हाम्रो रगतमा मिसिन्छ र हामीलाई विरामी बनाउँछ । मुखको हेरचाहको सामान्य रुटीन जस्तो ब्रश गरेर र कुल्ला गरेर पनि तपाईं मुखमा उत्पन्न हुने ब्याक्टेरियालाई नियन्त्रण गर्न सक्नु हुन्छ । त्यस्तै यदि हामीले मुखको स्वास्थमा वेवास्ता ग¥यौं भने ब्याक्टेरियाको विकासले हाम्रो गिजा र दाँतलाई हानि पु¥याउन शुरु गर्छ । जब हाम्रो दाँतमा पीडा हुन्छ अथवा गिजा सुन्निन थाल्छ, तब हामीलाई खाना खानलाई समस्या हुन थाल्छ । जसका कारण शरीरमा आवश्यक मात्रामा पोषक तत्व प्राप्त हुँदैन र हामी बिरामी हुन्छौं ।

मुखको स्वास्थलाई राम्रो बनाउन हामीले के गर्नु पर्छ ?

मुखलाई स्वास्थकर बनाइ राख्नका लागि हामीले अति नै सामान्य कुराहरुलाई तौर–तरिकाका साथ सही ढंगले अपनाउन आवश्यक छ । ती कुराहरु जुन हामीलाई बाल्यावस्थामा सिकाइएको थियो, ती कुराहरुलाई नै नियमपूर्वक पालना गर्नु हो ।

—आफ्नो दाँतलाई दिनहुँ दुई पटक फ्लोराइडयुक्त टुथपेस्टले सफा गर्नु पर्छ । दाँतलाई नरम ब्रशले माझ्नु पर्छ, यसले हाम्रो गिजालाई कुनै पनि किसिमको हानि पु¥याउँदैन ।

—दाँतसंगै जिब्रोको सफाई पनि अत्यन्त आवश्यक छ । यसको लागि ङट क्लिनरको प्रयोग गर्नु पर्छ ।

—दाँतको बीचमा अड्किएका खानेकुराको टुक्राहरु निकाल्नका लागि समय–समयमा मुख कुल्ला गरिरहनु पर्छ ।

—ब्रश गरेपछि र कुल्ला गरेपछि माउथ वाशको प्रयोग गर्नु पर्छ ।

—तपाईले हरेक तीन महिनामा आफ्नो टुथब्रश परिर्वतन गर्नु पर्छ । यदि ब्रश तीन महिना भन्दा अगाडि नै विग्रियो भने यसलाई तुरुन्त परिर्वतन गर्नु पर्छ ।

—सोडा र चिनी जस्ता दाँतलाई हानि पु¥याउने खाद्य पदार्थ  सेवन गर्नु हुँदैन ।

—आफ्नो खानपानमा पोषक तत्वले भरिपूर्ण फलफुल  र तरकारीहरु समावेश गर्नु पर्छ ।

—सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफ्ना दन्त रोग विशेषज्ञकहाँ समय–समयमा गैइरहनु पर्छ । यसो गर्दा यदि तपाईंको दाँतमा कुनै समस्या भएमा शुरुवातमा नै थाहा हुन्छ ।

दाँतको स्वास्थका लागि केहि घरेलु उपायहरु

हुन त आफ्नो दाँतको सही हेरचाहका लागि तपाईंको दन्त रोग विशेषज्ञद्वारा सल्लाह दिएका कुराहरुमा अमल गर्नु पर्छ, तर यहाँ केही घरेलू उपायहरु छन्, जसलाई सजिलै उपलब्ध गर्न सकिन्छ र जसले हाम्रो दांतलाई बलियो पनि बनाउछ ।

अमला

अमलामा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ । अमलाले मुखमा उत्पन्न भएका ब्याक्टेरिया र इन्फेक्शनबाट लडेर हाम्रो मुख र गिजालाई स्वास्थ बनाउँछ । यसले मुखबाट आउने दुर्गन्धबाट धेरै राहत प्राप्त हुन्छ । तपाईंले दिनहुँ ताजा अमला खानु पर्छ अथवा एक चम्चा अमलाको धुलोलाई आधा कप पानीमा मिलाएर पिउनु पर्छ ।

नीम

नीम ब्याक्टेरियल गुणहरुका लागि प्रख्यात छ । नीमले दाँतमा क्याविटी उत्पन्न गराउने ब्याक्टेरिया नष्ट हुन्छ । यसबाहेक यसले दाँतलाई बलियो र गिजालाई स्वस्थ बनाउनका लागि महत्वपूर्ण भुमिका खेल्छ । आफ्नो दाँत र गिजामा नीमको पातको रस दल्नु पर्छ । केहि मिनेट पछि मनतातो पानीले मुख कुल्ला गर्नु पर्छ । दिनमा दुई पटक यस्तो गर्नु पर्छ ।

जमरा

जमरामा प्राकृतिक एन्टि–ब्याक्टेरियल गुण हुन्छ । यसले दाँतको पिडामा धेरै राहत प्राप्त हुन्छ । यसबाहेक जमरामा भिटामिन ए र ई तथा आइरस, क्याल्सिम र म्याग्नेसियम भरपू्र मात्रामा हुन्छ । यसले तपाईंको दाँतलाई बलियो बनाउँछ । दिनहुँ आधा कप जमराको जूस पिउनु अथवा केही जमरा चपाउनाले दाँतको स्वास्थको साथै तपाईंको मुखका लागि फाइदाजनक हुन्छ ।

ल्वाङ

यो मसला एन्टि–इन्फ्लेमेटरी र पीडानासक एवं एन्टि–ब्याक्टेरियल गुणहरुका लागि धेरै लोकप्रिय छ । ल्वाङ चपाउनाले र ल्वाङको  तेल दाँत दुखेको ठाउँमा लगाउनाले धेरै राहत प्राप्त हुन्छ, तर यसलाई धेरै प्रयोग गर्नु हुँदैन । जब दाँतको पीडाले बारम्बार सताउँछ, त्यो समयमा दाँतको पीडा कम गर्न ल्वाङको तेल लगाएर बसिरहनु भन्दा तुरुन्त डाक्टरलाई जँचाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?