Comments Add Comment

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा

क्वारेन्टाइनको अवधि बढ्ने देखिन्छ, सतर्क रहौं : डा. देवकोटा

२२ चैत, काठमाडौं । सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको छ । त्यसैले लकडाउनलाई कडाइका साथ पालना गर्न र घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा सघाउन सरकारले सबैलाई पुनः आग्रह गरेको छ ।

शनिबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना संक्रमण भएको जानकारी दिँदै नेपालमा कुल संक्रमितको संख्या ९ पुगेको जानकारी दिएको छ ।

पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । ४१ र २१ वर्षका पुरुषहरु भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै थिइन् ।

उनीहरुलाई आ–आफ्ना जिल्लाको क्वारेन्टाइनमा बसेको बेला नमूना लिएर परीक्षण गर्दा तीनै जनामा संक्रमण देखिएको हो । उनीहरु सबैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस नेपालमा पहिलो पटक स्थानीयमा देखियो कोरोना संक्रमण

कैलालीकी ३४ वर्षीया महिला दुबईबाट आएका चौथो संक्रमित व्यक्तिको नातेदार हुन् । उनको ट्राभल हिस्ट्री (यात्रा विवरण) छैन । यसअघि नेपालमा विदेशबाट आएका व्यक्तिहरुमा मात्र कोरोना देखिएको थियो । तर, कैलालीमा भने बाहिरबाट आएका व्यक्तिबाट घरमै रहेको अर्को व्यक्तिलाई सरेको पाइएको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सरेको यो घटना नेपालकै पहिलो हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले भने, ‘संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पहिलो केस हो नेपालमा । त्यसैले हामी दोस्रो चरणमा प्रवेश गरेका छौं । यसलाई हामी लोकल ट्रान्समिसन भन्छौं ।’ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्रोटोकलअनुसार ‘लोकल ट्रान्समिसन’लाई कोरोना संक्रमणको दोस्रो चरण भनिन्छ ।

यो पनि पढ्नुहोस जसलाई क्वारेन्टाइनबाट घर फर्काइयो, उही संक्रमित

तेस्रो चरण ‘कम्युनिटी ट्रान्समिसन’ हो । ‘कम्युनिटी ट्रान्समिसन’ महामारी पूर्वको अवस्था हो । त्यसैले अझै बढी सतर्कता अपनाउनुपर्ने डा. देवकोटा बताउँछन् । ‘यसले पनि थप पुष्ट्याइँ के गर्छ भन्दाखेरि क्वारेन्टाइनमा कति अनिवार्य रुपमा र कति सावधानीपूर्वक बस्नुपर्छ भन्ने कुरा देखाउँछ,’ उनले भने, ‘संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन नदिनका लागि जो विदेशबाट आउनु भएको छ, उहाँहरु सबैले अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्ने र सावधानीका सबै उपायहरु अवलम्बन गर्नुपर्ने हुन्छ ।’

यो पनि पढ्नुहोस महामारीका लागि शून्य संख्या पनि धेरै हुनसक्छ

डा. देवकोटाले नेपालमा कोरोना संक्रमण फैलिने थप जोखिम बढेपछि क्वारेन्टाइनमा बस्ने अवधि बढाउनुपर्ने देखिएको बताए । ‘अहिले १४ दिन क्रस गर्दाखेरि पनि पुनः परीक्षण गर्दा केहीलाई पोजेटिभ देखिएको छ । त्यो हिसाबले हेर्दाखेरि क्वारेन्टाइनको अवधि बढ्ने देखिन्छ । यहाँहरु क्वारेन्टाइनमै बसिदिनुहोला ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment