Comments Add Comment

ब्रजिलियन बोकेर दिल्ली उड्यो नेपाल एयरलाइन्सको न्यारोबडी

२ वैशाख । नेपालमा फसेका ब्राजिलका ३४ भन्दा बढी नागरिक लिएर नेपाल एयरलाइन्सको न्यारोबडी जहाज दिल्ली उडेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार ब्रजिलियन नागरिकलाई नयाँदिल्ली पुर्‍याएर जहाज आजै काठमाडौं फिर्ता हुने भएको छ ।

नेपालस्थित ब्रजिलियन दूतावासले जहाज चार्टर्ड गरेको हो । ब्राजिलले भारतबाट आफ्ना नागरिक फिर्ता लगिरहेको छ । सोही बेला नेपालमा रहेका ब्राजिलका नागरिकलाई समेत दिल्लीबाट ब्राजिल उडाउन लागिएको हो ।

नेपालमा ४ चैतयता अन्तर्राष्ट्रिय उडानमा लागेको प्रतिवन्धले हजारौं पर्यटक अलपत्र परेका थिए । त्यसमध्ये करीव ४ हजार विदेशी नागरिक लकडाउनपछि फिर्ता भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment