Comments Add Comment

डेनमार्कका विद्यालय खुले

काठमाडौं । डेनमार्कमा ११ वर्षसम्मका बालबालिकाको पढाइ हुने नर्सरी र विद्यालयहरु सञ्चालनमा आएका छन् । यससँगै डेनमार्क युरोपमा विद्यालयमाथिको प्रतिबन्ध खुकुलो पार्ने पहिलो मुलुक बनेको छ । कोरोना भाइरस कोभिड–१९ रोकथामका लागि बन्द गरिएका विद्यालयहरु बुधबारदेखि सञ्चालनमा आएका हुन् ।

डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडेरिक्सेनले बुधबार विद्यालय आएका बालबालिकाहरुलाई कोपनहेगनको विद्यालयमा स्वागत गरेकी हुन् । गत मार्च १२ देखि डेनमार्कमा विद्यालयहरु बन्द थिए ।

अझै पनि डेनमार्कमा कोरोना भाइरस नियन्त्रणमा नआएको अवस्थामा प्रतिबन्ध खुकुलो बनाउनु जोखिमपूर्ण हुन सक्ने विशेषज्ञहरुले चेतावनी दिएका छन् । डेनमार्कमा विद्यालय खुलेसँगै सतर्कता भने बढाइएको छ । विद्यालय सञ्चालकहरुले बारम्बार हात धुने व्यवस्था गर्नु र सामाजिक दूरी कायम राखेर पठनपाठन गराउनु निकै कठिन भएको बताएका छन् ।

डेनमार्कमा अहिले कोरोना भाइरसका छ हजार छ सय ८१ संक्रमित भेटिएका छन् । भाइरसबाट अहिलेसम्म मुलुकभर दुई सय ९९ जनाको मृत्यु भइसकेको छ । डेनमार्कले कोरोना भाइरस नियन्त्रणको लागि गरेको प्रयासको विश्वभर प्रशंसा भइरहेको छ । डेनमार्कले मार्च १२ मा मुलुकमा लकडाउनको घोषणा गरेयता मुलुकमा उल्लेख्य दरमा कोरोना संक्रमितको संख्या घटाउन सफल भएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment