Comments Add Comment

डब्ल्यूएचओलाई अहिले सहयोग गरौं, मतभिन्नताबारे पछि छलफल गरौंला : जापान

काठमाडौं । जापानी प्रधानमन्त्री सिन्जो आबेले अन्तर्राष्ट्रिय समुदायलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई सहयोग गर्न आग्रह गरेका छन् ।

उनले डब्ब्यूएचओसँग रहेका मतभिन्नताबारे कोरोना भाइरस (कोभिड-१९) को महामारी सकिएपछि छलफल गर्नुपर्ने उल्लेख गरेका हुन् । टोकियोमा सञ्चारकर्मीहरुसँग बोल्दै आबेले कोरोना भाइरसविरुद्ध लड्न डब्ल्यूएचओसँगको सहकार्य जरुरी रहेको बताएका हुन् ।

यो समय डब्ल्यूएचओलाई सहयोग गर्नुपर्ने समय रहेको भन्दै उनले सहयोग रोक्ने जापानको कुनै योजना नरहेको स्पष्ट पारेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओलाई दिादै आएको सहयोग रोक्ने घोषणा गरेपछि जापानी प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो । ट्रम्पले डब्ल्यूएचओ चीन केन्द्रित भएको भन्दै उसलाई दिादै आएको सहयोग रोक्ने निर्णय गरेका थिए ।

जापानी प्रधानमन्त्री आबेले डब्लुएचओबारे आफ्नो पनि केही असन्तुष्टि रहेको भन्दै महामारी सकिएपछि यसबारे पुनर्विचार गरिने बताएका छन् ।

स्रोत : ब्लूमवर्ग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

पूजाको आक्रोश

Advertisment