Comments Add Comment

भारतमा कोरोना : एकैदिन ५० को मृत्यृ, १३ सयभन्दा बढी संक्रमित थपिए

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यससँगै कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या ६ सय ४० पुगेको छ ।

त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि १९ हजार नौ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा संक्रमितको संख्या पनि एक हजार तीन सय ८४ जना नयाँ संक्रमित फेला परेका छन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई सय ५१ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा ९०, मध्यप्रदेशमा ७६, दिल्लीमा ४७ जनाको मृत्यु भइसकेको छ । भारतको उत्तर प्रदेशमा संक्रमित हुनेको संख्या एक हजार दुई सय ९४ पुगेको छ भने २० जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा एक सय २६ संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा तीन हजार आठ सय ७० संक्रमित निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment