+
+

आकाश लेख्छन्-‘म तिम्रो सोच देखेर हैरान छु’

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते १३:०७

नायक आकाश श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेको एउटा कविता अहिले चर्चामा छ । आकाशले यो स्टाटस कसलाई लक्षित गरेर लेखेका हुन् भन्ने त खुलेको छैन। तर, उनले कविता मार्फत ‘सोचिरहन्छु कतिन्जेल प्रदर्शन गरिराखौला र त्यो रुप ?’ भन्दै अमूक पात्रलाई प्रश्न सोझ्याएका छन् ।

आकाश लेख्छन्- ‘म तिम्रो सोच देखेर हैरान छु अचेल र सोचिरहन्छु कतिन्जेल प्रदर्शन गरिराखौला र त्यो रुप,  जुन दिन दुनियाँले तिम्रो रुप एक मान्छे भित्रको दुई रुप देख्नेछन् ।’

आकाशले ‘तिमीभित्रै रहेको तिम्रै अहंता र अहंकारले तिम्रो अस्तित्व समाप्त पार्दै जाने छ’ भनेर सांकेतिक साहित्यको रचना गरेका छन् ।

आकाशले अहंता र अहंकार आफूसँग राख्न भन्दै सुनौलो बिहानीको समेत कल्पना गरेका छन् । आकाशको यो कविता लकडाउनको समयमा उनले रचेको काल्पनिक कविता हो, या कसैप्रति लक्षित हो यो उनले नै खुलाएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?