३० भदौ, काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार विकासमा दक्षिण कोरीयासँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
नेपालस्थित कोरियाली दूतावासले शनिबार काठमाडौमा आयोजना गरेको नेपाल कोरीया इन्फ्रा विज नाइटलाई सम्बोधन गर्दै उनले उत्पादनमूलक र ठूला परियोजनामा नेपाल र कोरियाबीच सहकार्य उपयोगी हुने बताए ।
कोरियाले पछिल्लो ५ दशकमा गरेको विकास र प्रगति उदाहरणीय रहेको भन्दै मन्त्री दाहालले यो सिक्न लायक रहेको बताए ।
कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत टी योङ पार्कले नेपालसँग पूर्वाधार निर्माण, जलविद्युत् लगायतका क्षेत्रमा सहकार्य हुँदै आएको बताए । उनले दुई देशबीचको सम्वन्ध प्रगाढ रहेको समेत बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाली उद्योगी किरण शाख, रविभक्त श्रेष्ठलगायतले दुई देशको बीचको सहकार्यबाट नेपालको समृद्धिमा सघाउ पुग्ने बताए ।
प्रतिक्रिया 4