+
+

जबरजस्ती करणीको आरोपमा तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते १५:३३

१० वैशाख, काठमाडौं । १६ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको मण्डन देउपुर नगरपालिका-८ का कुन्ताबेँसी स्थायी घर भई हाल बनेपा नगरपालिका-१० थापागाउँ बस्ने १९ वर्षीय सविन गौतम, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-४ सेरा स्थायी घर भई सोही ठाउँ बस्ने १९ वर्षीय सविन दुलाल र काभ्रेको पनौती नगरपालिका-५ सुन्दरबस्तीका १८ वर्षीय सन्देश थापा रहेका छन् ।

२०७६ असोज १३ गते सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-२ स्थायी घर भई काभ्रेको धुलिखेल नगरपालिका-६ हस्पिटल चोक बस्ने एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनीहरूलाई बुधबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार धुलिखेलबाट बा.५ च ३८४९ नम्बरको जिपमा राखेर बनेपास्थित काभ्रे क्याम्पस नजिकैको जंगलमा लगेर युवतीलाई जबरजस्ती करणी गरेपछि उनीहरू फरार भएका थिए । उनीहरू विरुद्ध २०७६ असोज १६ गते जबरजस्ती करणी शीर्षकमा मुद्दा दायर भएको थियो ।

उनीहरूलाई आ-आफ्नो क्षेत्रमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए । थापाका अनुसार उनीहरू विरुद्ध अदालतमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?