+
+
Shares

महासंघले सरकारलाई भन्यो- सञ्चारकर्मीको र्‍यापिड टेस्ट गर्ने व्यवस्था मिलाऊ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते १७:२८

११ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चारकर्मीहरूको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

काठमाडौंमा बिहीबार बसेको महासंघको बैठकले उच्च जोखिमकाबीच पनि सञ्चारकर्मीहरूले जनतालाई सुसूचित गराइरहेको निष्कर्ष निकाल्दै कोरोना संक्रमण देखिएका जिल्लासहित सबै जिल्लामा अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरूको र्‍यापिड टेस्ट गराउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो ।

बैठकपछि महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कोरोना संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सुसूचित गर्ने दायित्व पूरा गरिरहेका आम सञ्चारकर्मीहरूलाई आफ्नो सुरक्षाप्रति पनि संवेदनशील भएर सत्य तथ्य समाचार सम्प्रेषण गर्न आह्वान गर्छ।’

बैठकले श्रमजीवी पत्रकारहरूको हकहित र अधिकारका लागि अनुगमन, समन्वय र कानुनी लगायतका संघर्ष गर्न महासचिव विष्टको नेतृत्वमा एक समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

महासंघले अहिलेको संकटपूर्ण अवस्थालाई मध्यनगर गर्दै सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानहरूको समस्या सम्बोधनका लागि राहत सुविधा उपलब्ध गराउन माग गर्दै केन्द्रमा नेपाल सरकार र प्रदेशमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?