Comments Add Comment

आलियाको हातमा ‘ब्याक टू ब्याक’ फिल्म

पछिल्लो समय नायिका आलिया भट्टको क्रेज बलिउडमा खुबै देखिन्छ । आलिया निरन्तर एक पछि अर्को चलचित्रमा काम गरिरहेकी छिन् । उनी कहिल्यै खाली हात बस्नु परेको छैन।

आलिया अभिनित केही चलचित्र छायांकनको क्रममा थिए । प्रेमी रणवीर कपुरसँग स्कृन सेयर गरेको चलचित्र ‘ब्रह्मास्त्र ’ छायांकनको अन्तिम चरणमा थियो । तर, कोरोनाको कारण यस चलचित्रको छायांकन पनि रोकिएको छ । निर्माण पक्षले यस चलचित्रलाई सन् २०२० मा रिलिज लक्ष्य राखेको छ ।

त्यस्तै, यसै वर्ष रिलिज लक्ष्य राखेको चलचित्र ‘आरआरआर’ले पनि आफ्नो छायांकन पूरा गर्न सकेन । यस चलचित्रमा पनि आलिया मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् ।

‘बाहुबली’ फ्रेम्ड निर्देशक एसएस राजमौलीको निर्देशनमा बनिरहेको यस चलचित्रमा दक्षिण भारतीय चलचित्रमा दुई स्टार जुनियर आरटीआर र रामचरणको मुख्य भूमिका रहेको छ । चलचित्रमा अजय देवगण पनि देखिनेछन् ।

त्यस्तै, आलिया आफ्नै पिता महेश भट्टले बनाउन लागेको चलचित्र ‘सडक-३’मा पनि देखिने छिन्। यस चलचित्रको मुख्य भूमिकामा पनि आलिया पक्का भइसकेकी छिन् । तर, चलचित्रको छायांकन कहिलेबाट सुरु हुने हो भन्ने अन्योल छ ।

आलिया बलिउडमा सफल निर्देशक संजयलीला भन्सालीको दुई चलचित्रको लागि अनुबन्धित छिन् । चलचित्र ‘गंगुबाई कठियावाडी’को छायांकनको लागि त निर्देशक भन्सालीले सेट नै तयार गरिसेकका थिए । तर, कोरोनाका कारण यस चलचित्रको छायांकन सुरु हुन सकेन।

त्यस्तै, भन्साली नै बनाउने अर्को नयाँ चलचित्रमा पनि आलिया पक्का छिन् । नाम सार्वजनिक नगरिएको यस चलचित्रमा आलियाले रणवीर सिंहसँग स्क्रिन सेयर गर्ने छिन् । आलिया र रणवीर यसअघि चलचित्र ‘गल्ली ब्वाई’मा देखिएका थिए ।

यसरी हेर्दा, आलियालाई यो वर्ष चलचित्रको छायांकनको लागि समय मिलाउन निकै हम्मेहम्मे पर्ने देखिन्छ । छायांकनको अन्तिम चरणमा पुगेका चलचित्र र छायांकनको तयारीमा रहेका दुवै चलचित्रले कोरोनाको त्रासपछि छायांकन सुरु गर्ने लक्ष्य राखेको हुँदा आलियालाई समस्या हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment