Comments Add Comment

५५ लाख आर्थिक सहायता सहितको ‘दराज विक्रेता सहयात्री’ कार्यक्रमको घोषणा

१६ वैशाख, काठमाडौं । अनलाइन बजार दराजले दराज विक्रेता सहयात्री कार्यक्रम सुरू गरेको छ । नेपालमा कोरोनाभाइरसको प्रकोपले अर्थतन्त्रलाई पुर्याएको कुल क्षतिको पूर्ण अनुमान अहिले गर्न नसकिए पनि यसले साना तथा मध्यम उद्यम (एसएमई) क्षेत्रलाई धेरै ठूलो क्षति र्पुयाएको कुरा स्पष्ट छ ।

अर्थ व्यवस्थालाई पुनःजीवन दिन र महामारीको प्रभावलाई कम गर्न एसएमई क्षेत्रलाई पुनर्जीवीत गर्नु महत्वपूर्ण छ । यस प्रयासमा योगदान र्पुयाउन, देशको अग्रणी अनलाइन बजार दराजले दराज विक्रेता सहयात्री कार्यक्रम सुरू गरेको जनाएको छ ।

यस कार्यक्रम मार्फत दराजले देशभरिका व्यवसायीहरूलाई आफ्नो ‘डिजिटल प्ल्याट्फर्म’ मार्फत व्यवसाय विस्तार तथा सञ्चालन गर्न आमन्त्रित गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत स्थानिय रुपमा कूल ५५ लाख आर्थीक सहायता समावेश छ ।

कार्यक्रमअन्तर्गत दाराजले साना र मध्यम उद्यमहरूलाई २०२० को मे र जून महिनाका लागी कुनै पनि बजार शुल्क नलिने र कम समयमै दराजमा अनलाइन पसल स्थापना गरिदिने आश्वासन दिएको छ । यसका साथै बिक्रेताहरुलाई आफ्नो अनलाइन व्यवसायबाट पूर्ण लाभ उठाउन दराज यूनिभर्सिटीमार्फत ई–कमर्स सञ्चालन सम्बन्धित शिक्षा तथा तालिम निस्शुल्क दिइनेछ ।

यति मात्र नभई बिक्रेताहरुलाई दराजमा अनलाइन पसल स्थापना तथा सञ्चालनमा सहयोग पुर्याउन आफ्नो अनुभवी स्टाफ तथा विज्ञहरुको साथ पनि दिइनेछ । दराजले एसएमई क्षेत्रलाई पुनर्जीवीत गर्ने उद्देश्यकासाथ आफू कार्यरत सबै देशहरूमा यस कार्यक्रम लागू गरेको छ र करीब आधा मिलियन डलरको अनुदान उपलब्ध गराउँदै छ ।

यस कार्यक्रम भित्र रहेका अन्य विशेषताहरु
-३० जून, २०२० सम्म सबै दराज विक्रेताहरुलाई साप्ताहिक भुक्तानी
-सबै एसएमई विक्रेताको लागि दराज एपमा उच्च दृश्यता र प्रचार
-कार्यक्षमता सुधार गर्न विश्लेषणात्मक अनलाइन उपकरण निःशुल्क दिइने
-नयाँ विक्रेताहरूलाई अनलाइन पसल स्थापना तथा सञ्चालनमा पूर्ण सहयोग
सहयात्री कार्यक्रममार्फत हजारौं एसएमईहरुले ई–वाणिज्यमा बढेको उच्च गतिविधिको उपयोग गरी देशभरिका लाखौं दराज ग्राहक समक्ष पुगी व्यवसाय अघि बढाउन सक्ने दराजले बताएको छ । दराजले व्यवसायलाई अनलाइन लान चाहाने सबै विक्रेताहरुलाई दराजलाई सम्पर्क गर्न वा दराज विक्रेता वेबसाइटमा गई दर्ता गर्न प्रोत्साहित गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment