Comments Add Comment

राहत प्याकेजमा समेट्न औषधि व्यवसायीको माग

नेपाल औषधि थोक व्यवसायी संघ केन्द्रीय समितिले केन्द्रीय बैंकबाट गत बैशाख १६ गते जारी सर्कुलर प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले विज्ञप्ति जारी गर्दै कोभिड संक्रमणको जोखिमका कारण ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाले ऋणीहरुको २०७६चैत मसान्तमा कायम ब्याजदर २ प्रतिशत विन्दूले कम गरी आर्थिक वर्ष २०७६/७७ को त्रैमासिकको ब्याज रकम गणना गर्न दिएको निर्देशनमा औषधि विक्री वितरणसँग सम्बन्धित व्यवसायमा प्रस्तुत निर्देशन कार्यान्वयन नहुने व्यहोरा उल्लेख भएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै मुलुकको विषम अवस्थामा अत्याआवश्यक अन्य सेवा जस्तै औषधि र औषधि जन्य सामाग्रीको कारोवारसँग सम्बन्धित व्यवसायीले पनि सेवा भावसहित आफू र आफ्नो परिवारको समेत स्वास्थ्य जोखिममा राख्दै देश र जनताको सेवा गर्दै आइरहेको अवस्थालाइ केन्द्रीय बैंकले नजरअन्दाज गर्नु दु:खद भएको संघले बताएको छ ।

संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाले औषधि व्यसायीले संकटको घडीमा आर्थिक लाभको लागि मात्रै काम गरेको भन्ने बुझाइ सहित केन्द्रीय बैकले उपेक्षा गर्नु दुःखन भएको बताए ।

औषधि व्यवसायी कुनै न कुनै बैकका ऋणी रहेको र विषम अवस्थाबाट पूर्णरुपमा प्रताडित रहेको अवस्थाप्रति केन्द्रीय बैक बेखवर रहनु आफैंमा शुभ संकेत मान्न नसकिने र जारी निर्देशनकै कारण औषधि व्यवसायीको आत्माबल र उर्जामा समेत स्वभाविक रुपमा नैराश्यता पैदा हुने संघको ठहर छ ।

भोलिका दिनमा व्यवसायीले व्यवसाय बन्द गर्नुपर्ने अवस्था समेत सिर्जना हुने विज्ञप्तीमा उल्लेख छ । साथै नेपाल औषधि थोक व्यवसायी संघले सम्पूर्ण औषधि व्यवसायीहरू पनि जारी निर्देशनको दायरामा समेटिनुपर्ने बताएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment