+
+

सम्पत्ति शुद्धीकरण विभागबाट छुटे अग्रवाल

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १९ गते ५:०५

१८ वैशाख, काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाडेको छ ।

थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवाललाई बिहीबार नै जिल्ला अदालत, काठमाडौंले २५ लाख ५० हजार धरौटीमा छाडेको थियो । तर अदालत परिसरबाटै प्रहरीले उनलाई पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो ।

विभागले उनीसँग बयान लिएको र, लकडाउनपछि अनुसन्धान गर्ने गरी छाडेको विभागका एक अधिकारीले जानकारी दिए ।

अग्रवाल गत चैत २५ गते थर्मल गन कालोबजारीको आरोपमा काठमाडौंको नक्सालबाट पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?