+
+

फेसबुकबाटै एनएमबि बैङ्कमा खाता खोल्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १९ गते १९:४४

१९ वैशाख, काठमाडौं । एनएमबि बैङ्कले स्मार्ट बैङ्किङतर्फ फड्को मार्दै अब घरमै बसीबसी फेसबुक म्यासेन्जरबाटै खाता/मुद्दती निक्षेपमा खाता खोल्ने र नवीकरण गर्न सकिने व्यवस्था गरेको छ ।

वर्तमान प्रतिकूल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असीमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकको लागि अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाको रुपमा बैङ्कले यो सुविधा ल्याएको हो ।

डिजिटल बैङ्किङ सेवाको अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु आफ्नो प्राथमिकता रहेको बैङ्कले जनाएको छ । बैङ्कले अब घरबाटै आरामपूर्वक बैङ्किङ गतिविधिहरू रोज्न सक्ने उपयुक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख भएको बैङ्कले जनाएको छ ।

आफ्ना मूल्यवान ग्राहकवर्गलाई बैङ्किङ अनुभवहरू परिष्कृत भएको महसुस गर्न फेसबुक म्यासेन्जरकैे प्रयोगले खाता/मुद्दती निक्षेपमा खाता खोल्ने नवीनतम र सुविधाजनक सेवाहरू ल्याएको हो ।

‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौताविना ग्राहकलाई वित्तीय कारोबारहरू सम्पादन गर्न सहयोग पुर्‍याउने एक महत्वपूर्ण योजना हो,’ बैङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?