+
+
Shares

डिशहोमले टेलिभिजनबाटै विद्यार्थीलाई अध्ययन गराउने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १९ गते १७:४३

१८ वैशाख, काठमाडौं ।  डिसहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीहरुका लागि डिशहोम घरमै क्लास कार्यक्रम सुरु गरेको छ । डिसहोम र डियरवाक लर्निङ सेन्टरको सहकार्यमा यहि बैशाख २० गतेबाट कक्षा ४ देखी कक्षा १० सम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु आफ्नो च्यानलहरुमा प्रशारण गर्दैछ ।

डिशहोमको च्यानल नं. ११४ माकक्षा १०को, च्यानल नं.११५ माकक्षा ९, ८ र ७को र च्यानल नं.११७ माकक्षा ६, ५ र ४ को पाठ्यक्रमहरु विहान ८ बजेदेखी बेलुकी ८ बजेसम्म प्रशारण हुनेछ ।

यसका साथै विगत ६ महिना भन्दा बढी समयदेखि विभिन्न कारण बस डिशहोम रिचार्ज नगर्नु भएका पुराना ग्राहकहरुका लागि डिशहोमले बैशाख २१ गते देखि लागू हुने गरी ३० दिन सम्मका लागि सम्पुर्ण २०८ च्यानलहरु निःशुल्क उपलब्ध गराएको छ ।

यो सुविधाले लकडाउनको अवधिमा ग्राहकहरुको आफ्नो परिवारसँगको बसाईलाई रमाईलो बनाउन अझ बढी सहयोग गर्नेछ भन्ने डिसहोमको आशा रहेको छ ।

डिसहोमले नेपालका टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क भएको र उपग्रह (स्याटलाइट)को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सिग्नलको पहुँच र ग्राहकहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?