Comments Add Comment

क्यान्सर पीडित १९ वर्षीय ढकालको उपचारमा सहयोगको याचना

२० वैशाख, काठमाडौं । रगतको क्यान्सरबाट पीडित इलामका १९ वर्षीय सोमनाथ ढकालको उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

इलाम नगरपालिका–५ निवासी गोपाल ढकालका छोरा सोमनाथको उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको अपिल गरेको हो ।

ढकाल एक महिनायता त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छन् ।

उनका बुबा गोपालले छोराको उपचारमा धेरै रकम खर्च भइसकेको बताउँदै थप उपचारका लागि आर्थिक समस्या भएको बताएका छन् ।

ढकालको उपचारका लागि २५ लाख रुपैयाँ लाग्ने बताइएको छ ।

‘सहयोग गर्न चाहने सहयोगी मनहरुले सहयोग गरे सोमनाथले पुर्नजीवन पाउँथे, त्यसैले सहयोगको अपिल गरेका हौं’, उनका भिनाजु बिष्णु उप्रेतीले भने । उनका लागि सहयोग आउने क्रम जारी छ । परिवारले सबैसँग सहयोगको आग्रह गरेको छ ।

सहयोग गर्न चाहनेलाई प्राइम कमर्सियल वैंक लिमिटेडमा रहेको खाता नं. १०१००११९CA मा ऋण वा सहयोग जम्मा गरिदिन उप्रेतीले आग्रह गरे । साथै ई–सेवा तथा आईएमई पेबाट पनि सहयोग गर्न सकिने छ ।

सहयोगका लागि उनका भिनाजु झापा बुधबारेका बिष्णु उप्रेतीको मोवाइल नम्बर ९८०१४५२३५१ मा सम्पर्क गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment