Comments Add Comment

राष्ट्रपति र प्रधानमन्त्रीवीच भेटवार्ता, शीतलनिवासबाट फर्केपछि दुई अध्यक्षबीच बेग्लै वार्ता

२० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार अपराह्न सचिवालय बैठकको पूर्वसन्ध्यामा शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री अपराह्न साढे ४ बजे शीतलनिवास पुगेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब ३५ मिनेट कुराकानी भएको स्रोतले बतायो ।

नेकपा सचिवालयको बैठक बेलुका ४ बजेका लागि तोकिएको थियो । तर, बैठक साढे ५ बजेका लागि सारिएको थियो । यसबीचमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेका हुन् ।

प्रधानमन्त्रीले सरकारको नियमित कार्यसूची अन्तर्गत राष्ट्रपतिसँग भेट गरेको शीतलनिवास स्रोतले बतायो । तथापि नेकपाको बैठकअघि भएको यो भेटलाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ।

राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किएपछि प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्डसँग केहीबेर अलग्गै कुराकानी गरेका थिए । प्रचण्डसँगको कुराकानी लगत्तै सचिवालय बैठक सुरु भएको छ ।

अहिले बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी छ। बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डको कुर्सी एकै लहरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment