Comments Add Comment

नेकपा सचिवालय बैठक सुरु, प्रचण्डको आसन फेरियो

२० वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ सुरु भएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एउटै लहरमा कुर्सीको व्यवस्था गरिएको छ ।

यसअघिका बैठकहरुमा प्रचण्डलाई अरू नेताहरूसँगै राखिएको थियो ।

बुधबार बसेको सचिवालय समितिको बैठक ।

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गरेर नेकपा बनेपछि ओली र प्रचण्ड अध्यक्ष छन् । वरीयता क्रममा ओली पहिलो र प्रचण्ड दोस्रो नम्बरमा भएपनि दुवै समान हैसियतका अध्यक्ष थिए।

तर, मंसिर २०७५ को सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका दिने र ओलीले पाँच वर्ष नै सरकार चलाउने निर्णय भएको थियो ।

त्यसको केही समयपछि सचिवालय बैठक बस्दा ओली र प्रचण्डलाई एउटै लहरको कुर्सी राख्न थालिएको थियो । तर, त्यसले निरन्तरता पाएन । बुधबार बसेको सचिवालय बैठकमा प्रचण्डले आफू कार्यकारी अध्यक्ष भनिएपनि भूमिका नदिएको गुनासो गरेका थिए ।

शनिबार बसेको बैठकमा प्रचण्डको आसन फेरिएको छ र ओलीकै लहरमा कुर्सी राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment