Comments Add Comment

नर्सको स्वास्थ्य र सुविधामा ध्यान देऊ : नर्सिङ संघ

२० वैशाख, काठमाडौं । संकटको बेला जिम्मेवारीमा रहेका नर्सहरुको सुविधा र स्वास्थ्य सुरक्षामा ध्यान दिन नेपाल नर्सिङ संघले सरकारलाई आग्रह गरेको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएको समयमा निरन्तर जिम्मेवारीमा रहेका नर्सहरुको स्वास्थ्य सुरक्षा र सेवा सुविधामा ध्यान दिन संघले आग्रह गरेको हो ।

संघकी अध्यक्ष मनकुमारी राईले अहिलेको अवस्थामा नर्सहरुले घर र अस्पतालको जिम्मेवारी सँगसँगै निर्वाह गरिरहनुपरेको भन्दै बढी जोखिम रहेकाले स्वास्थ्य सुरक्षातर्फ ध्यान दिन पनि आग्रह गरिन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा अध्यक्ष राईले फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको मनोबल उच्च हुने काम गर्न पनि सरकारलाई आग्रह गरिन् ।

अहिलेको परिस्थितिले प्रयोगात्मक शिक्षाका माध्यमबाट गुणस्तरीय नर्स उत्पादन गर्ने गरी नर्सिङ शिक्षालाई परिमार्जन गर्ने पाठ सिकाएको पनि उनको धारणा छ ।

अहिले महामारीविरुद्ध लड्नुपर्ने प्रमुख कार्य भएकाले संक्रमण देखिएका क्षेत्रका नर्सहरुलाई संयमित भएर जिम्मेवारी निर्वाह गर्न पनि उनले आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment