Comments Add Comment

मन्दिरको सामान चोरीको अभियोगमा ३ जना पक्राउ

२१ वैशाख, सोलुखुम्बु । मन्दिरको सामान चोरीमा संलग्नको अभियोगमा शनिबार सोलखुम्बुबाट ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका–२, बुङघर भई खुम्बु पासाङ ल्हामु गाउँपालिका–४, पाङबोचे बस्ने २५ वर्षीय राजेश राई, भोजपुर ट्याम्केमयु गाउँपालिकाका ३९ वर्षीय राजेशराई र सोलुखुम्बु माहाकुलुङ गाउँपालिका–२, पेल्माङका २७ वर्षीय मदन राई छन् ।

०७६ भदौमा सोलुखुम्बुस्थित पाङ्बोचे गुम्बाबाट पूजाका सामग्रीहरू पुरानो जाम्टा ३ जोर, पुरानोशंख २ थान, सनाही १ जोर, पुरानो काक्लिङ १ जोर, पुरानो निमाला, नर्थ फेस टेन्ट १ थान, कम्वल ४ थान र भेटी रकम १५ हजार रुपैयाँ चोरी भएको थियो । केही मुर्तिमा पनि तोडफोड भएको थियो ।

उक्त घटनाको अनुसन्धानका लागि उनीहरूलाई इलाका प्रहरी कार्यालय, नाम्चेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, वन्यजन्तु खरिद बिक्रीमा संलग्नको अभियोगमा २ जनालाई पनि शनिबार बिहान पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका–२ चंकीदहका ३५ वर्षीय रमेश राई र संखुवासभाका ४७ वर्षीय बिष्णु राई छन् ।

४ वर्ष पहिले १ कस्तुरीकोबिना ५० हजार रुपैयाँमा खरिद गरी ७० हजार रुपैयाँमा बिक्री गरेको घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, नाम्चेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment