Comments Add Comment

प्रधानमन्त्री ओलीले गरे आत्मालोचना, बामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय

२० वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् ।

साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय भएको छ ।

प्रधाननमन्त्रीओलीले बामेदव गौतमलाई कोरोना महामारी सकिएपछि प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेपछि नेकपा सचिवालयको पहिलो बैठक बसेको थियो । आफ्नो सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले सरकार र पार्टी सञ्चालनमा भएको कमीकमजोरीप्रति आत्मालोचना गरेका हुन् ।

‘पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धति र कम्युनिस्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएका छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे जति कमीकमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत आत्मालोचना गर्नु भएको छ ।’

अर्का अध्यक्ष पुष्पकमदल दाहाल प्रचण्ड र अरु नेताहरुले पनि आत्मालोचित भएर अगाडि बढ्ने नेकपाको निर्णय छ ।

बामदेवलाई संसदमा ल्याउने निर्णय

नेकपा सचिवालयको बैठकले उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय समेत गरेको छ । र, उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने भनिएको छ ।

ठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘प्रतिनिधिसभाको उम्मेदवार बनाएर उहाँलाई प्रतिनिधिसभामा ल्याउन पहल गर्ने निर्णयभित्र स्वभाविक रुपमा त्यो अन्तरनिहीत छ । उहाँ प्रतिनिधिसभाको सदस्य भएर आउनु भएपछि प्रधानमन्त्री बन्ने सम्भावनाको ढोका खुल्छ ।’

बैठकले पार्टीलाई फुट उन्मुख गराउने कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन समेत दिएको छ भने २५ गते स्थायी कमिटीको बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment