+
+
Shares

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि बेलायती राजदूत फेनको शिष्टाचार भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १५:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले १६ कात्तिकमा सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन्।
  • भेटमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध, आपसी हित, जलवायु परिवर्तन, जलवायु वित्त र कोप–३१ बारे छलफल भएको मन्त्रालयले जनाएको छ।
  • दुवै पक्षबीच गोर्खा सैनिकको पेन्सनलगायतका विषयमा सहकार्य अभिवृद्धि गर्नेबारे पनि छलफल भएको थियो।

१६ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपालबेलायत द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा दुवै पक्षबीच जलवायु परिवर्तन, जलवायु वित्त, उत्थानशील आर्थिक विकास तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) लगायतका विषयमा सहयोग र सहकार्यबारे छलफल भएको थियो ।

यसैगरी, दुई देशबीच आपसी हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने तथा गोर्खा सैनिकको पेन्सनसम्बन्धी विषयलगायतका विषयमा समेत छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?