+
+
Shares

नेकपामा ‘तेस्रो अध्यक्ष’को च्याप्टर क्लोज

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २० गते २०:४८

२० वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा तेस्रो अध्यक्षको प्रस्ताव अगाडि नबढ्ने भएको छ । शनिबार बालुवाटारमा बसेको सचिवालयको बैठकले बरिष्ठ नेता माधवकुमार नेपालले तेस्रो अध्यक्ष बनाउने प्रस्ताव अगाडि नबढाउने निर्णय गरेको हो ।

बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संकट समाधान भएपछि नेता नेपाललाई तेस्रो अध्यक्ष र उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए ।

तर नेता नेपालले तेस्रो अध्यक्ष बन्न अस्वीकार गरेका छन् । ‘तीन अध्यक्ष राख्ने प्रस्ताव मा सामान्य छलफल भएको थियो । र, यसरी अध्यक्ष बन्न माधवकुमार नेपाल स्वयंम सहमत हुनु भएन’ प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘तीन अध्यक्ष राख्ने प्रस्ताव अब अगाडि बढ्दैन ।’

नेकपामा माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद छाड्नुपर्ने अडान राख्दै आएको थियो । यसबारे २५ गतेको स्थायी कमिटी बैठकमा थप छलफल हुने नेतहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?