+
+

किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २१ गते १८:५८

२१ वैशाख, गोरखा । १४ वर्षिया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा गोरखाबाट एक व्यक्ति पक्राउ परेका छन् ।

गोरखा नगरपालिका–१४, उपल्लो हटियाका ५६ वर्षीय गोपीबहादुर श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

किराना पसलमा सामान किन्न आएकी किशोरीमाथि श्रेष्ठले दुर्व्यवहार गरेको उजुरी परिवारका सदस्यले दिएपछि उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका डीएसपी वासुदेव खतिवडाले जानकारी दिए ।

पक्राउ परेका श्रेष्ठविरुद्ध प्रहरीले यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको छ । अभियोगबारे थप अनुसन्धान जारी रहेको डीएसपी खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?