२८ भदौ, काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीले पदभार ग्रहण गरेका छन् ।
उनले शुक्रबार बोर्डको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
सरकारले २७ साउनमा खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्न आवेदन मागेको थियो । यसरी आवेदन दिएकामध्ये अन्तिम ५ मा परेकाबाट ज्ञवालीलाई नियुक्त गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4