Comments Add Comment

लकडाउनपछि २ वर्षाले कसरी मिलाउलान् सेड्युल ?

नायिकाद्वय वर्षा राउत र वर्षा सिवाकोटीको हातमा चलचित्रको अभाव छैन । लकडाउन खुलेपछि यी दुई नायिकालाई चलचित्रको तालिका मिलाउन नै हम्मेहम्मे हुने देखिएको छ ।

नायिका वर्षा राउत चलचित्र ‘२ नम्बरी’को छायांकनमा व्यस्त थिइन् । कोरोनाका कारण चलचित्रको करिब २५ प्रतिशत मात्रै छायांकन सकिएको छ । वर्षाले लकडाउनपछि उक्त चलचित्रलाई समय दिनुपर्ने छ ।

उक्त चलचित्रको छायांकन सकिएपछि ‘के घर के डेरा’को छायांकनमा व्यस्त हुनेछिन्, वर्षा । उनलाई चलचित्र ‘नाइँ नभन्नु ल-६’बाट पनि अफर आएको थियो । यदि २ चलचित्रको छायांकन तालिकाअनुसार नै सकियो भने मात्र वर्षाले चलचित्र ‘नाइँ नभन्नु ल-६’मा काम गर्न सक्नेछिन् ।

तर, उनलाई यो चलचित्रका लागि तालिका मिलाउन हम्मेहम्मे पर्ने देखिन्छ ।

त्यस्तै, अवस्था नायिका वर्षा सिवाकोटीको पनि छ। वर्षाले पहिला कोरोनाका कारण छायांकन रोकिएको चलचित्र ‘परदेशी-२’को छायांकन सक्नुपर्ने छ ।

त्यसपछि, उनले चलचित्र ‘सुदूर’को छायांकनलाई समय दिनुपर्ने हुन्छ। वर्षा मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्र ‘गोर्खा वारियर’मा पनि अनुबन्धित छिन् ।

उनलाई पनि चलचित्र ‘नाइँ नभन्नु ल-६’बाट पनि अफर आएको छ। त्यसैले वर्षा सिवाकोटीलाई पनि चलचित्रको तालिका मिलाउन हम्मेहम्मे हुने देखिएको छ।

दुवै नायिका ‘पर्ख र हेर’को अवस्थामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment