
२४ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को पीसीआर विधिबाट गरिने परीक्षणका लागि चाहिने किटको अभाव तत्काललाई टर्ने भएको छ ।
स्वीट्जरल्याण्ड सरकारले नेपाललाई सहयोग गरेको ३० हजार पीसीआर किट र ३० हजार आरएनए आरएनए एक्ट्रयाक्सन किट भोलि नेपाल आइपुग्ने भएको हो ।
किटहरु २२ वैशाखमा सिंगापुर आइपुगेको थियो । तर आरएनए एक्ट्रयाक्सन किट अभावकै कारण ल्याबहरुमा परीक्षण बन्द हुँदा पनि सरकारले ल्याउन सकेन ।
अष्ट्रेलियन नागरिकहरु लिएर ६ मार्चमा सिड्नी उड्ने नेपाल एयरलाइन्सको विमान फर्किने बेला सिंगापुर हुँदै किट ल्याउन सोमबार दिनभर दौडधुप भएको थियो, तर भारत लगायतका देश देशसँग अनुमति लिइसकेकाले यो सम्भव भएन ।
किट अभाव चर्किएकाले सरकार आफैंले विमान पठाएर ल्याउन सक्थ्यो तर प्रयास गरेन ।
त्यसैले सिंगापुरमा रहेको किटहरुलाई सडक मार्गबाट बुधबार दिउँसो मलेसिया पुर्याइएको छ । ‘सिंगापुरका हाइ कमिसनर लगायतसँग कुरा गरेर सडक मार्गबाटै किट मलेसिया पुर्यायौं । आज १ वजे विमानस्थलमा पुगेको छ’ किट नेपाल ल्याउन दौडधुप गरेका नेपाली व्यवसायी रञ्जित आचार्यले अनलाइनखबरसँग भने ।
उनकाअनुसार नेपाल एयरलाइन्सको सिड्नी गएको विमान तेल भर्न साँझ सातबजे मलेसियामा रोकिँदा किट लोड गरिनेछ र सिड्नी पुगेर भोलि काठमाडौं फर्किनेछ ।
प्रतिक्रिया 4