+
+
Shares

प्रदेश प्रयोगशालामा आयो एक हजार किट

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २७ गते १८:४०

२७ वैशाख, बुटवल । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका लागि कोरोना परीक्षणका लागि चाहिने ‘आरएनए एक्स्ट्रयाक्सन’ किट आइपुगेको छ ।

किट अभावमा प्रयोगशालामा बैसाख २२ गतेदेखि कोरोना परीक्षण रोकिएको थियो । ‘किट सकिएको एक सातापछि एक हजार थान आइपुगेको छ’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले अनलाइनखबरसँग भने, ‘किट आएपछि रोकिएको परीक्षण सुचारु हुन्छ ।’

किट आएसंगै स्वास्थ्य कार्यालय रुपन्देहीले पिसिआर टेष्टका लागि शनिबार १९१ जनाको स्वाब संकलन गरेको छ । जिल्लाका ६ वटा पालिकाका क्वारेन्टाइनमा रहेकाहरुको स्वाब परिक्षणका लागि नमुना संकलन गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए ।

उनकाअनुसार स्वास्थ्यकर्मीको टोलीले कोटहीमाईबाट २६, सम्मरीमाईबाट ३१, मर्चवारीबाट ४०, लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट ६२, रोहिणीबाट १५ र ओमसतियाबाट १७ जनाको स्वाव संकलन भएको छ । उनीहरु सबै भारतबाट आएका रुपन्देहीबासी हुन् ।

संकलन गरिएको स्वाबको नमुनामध्ये १ सय ७४ नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको छ भने बाँकी १७ जनाको स्वाब परीक्षण प्रादेशिक प्रयोगशालामा गरिने छ ।

आइतबार पनि स्वाब परिक्षणका लागि नमुना लिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?