Comments Add Comment

एकै दिन १३ सय जनाको पीसीआर परीक्षण

२८ वैशाख, काठमाडौं । नेपालमा हालसम्म १६ हजार ८ सय ९८ जनाको पीसीआर प्रविधि (प्रयोगशालामा) कोरोना संक्रमण परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ सय १६ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको छ ।

पछिल्लो केही दिनयता विदेशबाट परीक्षण किट ल्याएपछि सरकारले पीसीआर परीक्षण बढाएको छ । विदेशबाट फर्किएका, संक्रमितको कन्ट्याक ट्रेसिङ गर्दा सम्पर्कमा रहेका व्यक्ति र जोखिम क्षेत्रमा रहेका व्यक्तिमा परीक्षण बढाइएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ सय १० रहेको छ । जसमा ७८ पुरुष र ३२ जना महिला रहेका छन् । प्रदेश १ मा ३५, प्रदेश २ मा ३१ र बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिएको छ ।

यस्तै गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३० र सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । अहिलेसम्म ३१ जना उपचारबाट घर फर्किएका छन् भने, ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हाल वीरगञ्जमा २७, विराटनगरमा २१, बुटवलमा ६, नेपालगञ्जमा २४ र भरतपुरमा १ जनाको उपचार भइरहेको छ । त्यसैगरी काठमाडौंमा ३ र काठमाडौं बाहिर १ सय ६१ गरी १ सय ६४ जना आइसोलेसनमा उपचाररत रहेको प्रवक्ता डा. देवकोटाले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment