Comments Add Comment

लकडाउन खुकुलो पार्ने रुसको निर्णय

३० वैशाख, काठमाडौं । रुसी राष्ट्रपछि भ्लादिमिर पुटिनले मंगलबारदेखि मुलुकमा लगाइएको लकडाउन खुकुलो पार्ने निर्णय गरेका छन् । सोमबार उनले मंगलबारदेखि व्यवसायहरु सञ्चालन गर्ने बताएका हुन् ।

उनले ‘काम नभएको अवधि’ ६ सातामा सकिएको बताएका हुन् । उनले लकडाउनमा गरिएको खुकुलो पार्ने निर्णय अर्थतन्त्रको सबै क्षेत्रका लागि लागू हुने पुटिनको भनाइ छ । यद्यपि, आवश्यक परेको खण्डमा केही क्षेत्रमा भने प्रतिबन्ध कायम रहने उनको भनाइ छ ।

पुटिनले भने सोमबार लकडाउनले मुलुकको स्वास्थ्य प्रणालीलाई तयार पार्न र हजारौं मानिसको ज्यान बचाउन सहयोग गरेको पनि बताए । उनले अझै रुसमा कोरोना भाइरसको जोखिम कायम रहेको उल्लेख गरे । यसअघि राजधानी सहर मस्कोका मेयरले लकडाउन मे ३१ सम्म लम्ब्याउनेनिर्णय  गरेका थिए । अहिले खुकुलो पारिएको निर्णयसँगै निर्माण र औद्योगिक क्षेत्रमा काम गर्ने कामदारहरु काममा फर्किन पाउनेछन् । तर, उनीहरुका लागि मास्क लगाउनु अनिवार्य गरिएको छ ।

रुसमा पछिल्लो केही दिनयता उल्लेख्य मात्रामा कोरोना भाइरसका संक्रमित बढिरहेका छन् । सोमबार सार्वजनिक गरिएको तथ्यांक अनुसार, पछिल्लो २४ घण्टामा रुसमा ११ हजारभन्दा धेरै संक्रमित भेटिएका थिए । यससँगै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख २१ हजार नाघेको छ भने दुई हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment