Comments Add Comment

त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा एनसेलको ‘मोबाइल क्लास डेटा प्याक’

३१ वैशाख, काठमाडौं ।  विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस रोग (कोभिड–१९) ले निम्त्याएको यस स्वास्थ्य संकटको अवस्थामा आफ्नो क्याम्पस र कक्षा कोठाबाट टाढा भएका विद्यार्थीहरुले अब अनलाइन सिकाईको माध्यमबाट फाइदा लिन सक्ने भएका छन् ।
उच्च शिक्षाको लागि देशको सबैभन्दा पूरानो शैक्षिक संस्थान त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी एनसेल प्राइभेट लिमिटेडले विद्यार्थीहरुका लागि ‘मोबाइल क्लास डेटा प्याक’ ल्याएको छ ।

लकडाउन अर्थात् बन्दाबन्दीले गर्दा घरमा बसिरहेका र उनीहरुको अनलाइन शिक्षाका लागि इन्टरनेट सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एनसेलले १६ जीवी डेटा भोलुम रहेको यो प्याक आज (बुधबार)बाट सञ्चालनमा ल्याएको हो ।

विद्यार्थीहरुले रु १५० (करसहित) रु १९१.५४) मा यो प्याक सुचारु गर्न सक्ने भएका छन् । प्याक अन्तर्गतको डेटा भोलुमको समय सीमा ७ दिनको हुने जानकारी गराइएको छ ।

मोबाइल क्लास प्याक अन्तर्गत विद्यार्थीहरुले ४ जीवी अल टाइम डेटा (थ्रीजी, फोरजी) र २ जीवी भिडियो डेटाको फाइदा लिन सक्नेछन् ।

विद्यार्थीले यो ४ जीवीको अल टाइम डेटा प्याक कुनै पनि नेटवर्कमा प्रयोग गर्न सक्नेछन् भने २ जीवी भिडियो प्याक अन्तर्गत विद्यार्थीले युट्यूव, आइफ्लिक्स र अन्य गुगल सर्भिसहरुका लागि प्रयोग गर्न सक्नेछन् ।

यस प्याकको प्रमुख विषेशतामा माइक्रोसफ्ट टिम्स् प्रयोग गर्नका लागि १० जीवी डेटा रहेको छ । विद्यार्थीहरुले माइक्रोसफ्ट टिम्स् मार्फत शिक्षकसँग अनलाइन शिक्षा लिन वा आफ्ना साथीहरुसँग समूहमा बसी अध्ययन गर्न सक्ने एनसेलले जानकारी गराएको छ ।

विद्यार्थीहरुले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २० ह्यास डायल गरी वा अंग्रेजीको सानो अक्षरमा ईडीयू टाइप गरी १७१२३ मा एसएमएस पठाई यो प्याक सुचारु गर्न सक्ने भएका छन् । साथै एनसेल एपबाट पनि यो प्याक लिन सकिने जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment