+
+
Shares

कर्मचारीलाई कार्यालय बोलाउँदै एप्पल

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १ गते ११:३६

कोरोना भाइरस महामारीका कारण अमेरिकाको सिलिकन भ्यालीका ठूला कम्पनीहरुले यो वर्षभरी नै आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्न पाउने व्यवस्था गरिरहेको बेला दिग्गज कम्पनी एप्पलले चाहिँ फरक नीति अबलम्बन गर्दैछ ।

समाचार अनुसार एप्पलले आफ्ना कर्मचारीहरुलाई आगामी गृष्मयामबाट कार्यालयमा उपस्थित भई काम गर्नुपर्ने व्यवस्थाको तयारी गरिरहेको छ ।

ब्लुम्बर्गमा प्रकाशित रिपोर्ट अनुसार एप्पलले आफ्ना कार्यालयहरु चरणबद्ध रुपमा खोल्ने योजना बनाएको छ ।

उक्त चरणबद्ध प्रक्रियाको सुरुआतका रुपमा विश्वका कतिपय क्षेत्रहरुका एप्पल कार्यालय खुलिसकेका छन् । एप्पलको यो योजनामा कार्यालय बाहिर बसेर काम गर्न असहज हुने अर्थात् काम गर्नका लागि कार्यालय जानैपर्ने बाध्यता रहेका कर्मचारीहरुलाई केन्द्रित गरिनेछ । आगामी जुलाइदेखि चाहिँ कार्यालयहरु अझै वृहत रुपमा खुल्ला गर्ने एप्पलको योजना छ ।

कोरोना भाइरस पश्चात् सामान्य जीवनमा कसरी फर्किने भनेर विश्वका सरकार तथा कम्पनीहरु योजना तय गर्ने मामिलामा बिलखबन्दमा परिरहेका बेला एप्पलले यो तयारीलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।

स्मरण रहोस् गुगल तथा फेसबुकले सन् २०२० भरी नै आफ्ना कर्मचारीहरुले घरबाटै काम गर्नसक्ने घोषणा गरिसकेका छन् । उता टि्वटरले चाहिँ आफ्ना केही कर्मचारीहरुले स्थायी रुपमै घरबाट काम गर्नसक्ने बताएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?