Comments Add Comment

कोरोना भाइरसको कारण विश्व अर्थतन्त्रमा ८८ खर्ब डलरको नोक्सानी

२ जेठ, काठमाडौं ।एसियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरस (कोभिड-१९) को महामारीको कारण विश्व अर्थतन्त्रमा ५८ देखि ८८ खर्ब डलरसम्मको नोक्सानी हुन सक्ने बताएको छ ।

नोक्सानीको यो प्रक्षेपण गत महिना गरिएको प्रक्षेपणभन्दा दोब्बरभन्दा बढी हो । अहिले गरिएको प्रक्षेपण विश्वको समग्र आर्थिक उत्पादनको बढीमा नौ दशमलव ७ प्रतिशत हो ।

अहिले विश्वभर कोरोना भाइरसको महामारीको कारण आर्थिक गतिविधिहरु सुस्ताइरहेको अवस्थामा यस्तो प्रक्षेपण सार्वजनिक भएको हो । एडीबीका प्रमुख अर्थशास्त्री यासुयुकि सावाडाले विश्व अर्थतन्त्रमा महामारीले पार्ने असरको तस्वीर देखाएको बताएका छन् । साथै यसले अर्थतन्त्रमा यसको प्रभाव कम गर्न आवश्यक नीतिको पनि महत्व दर्शाएको उनको भनाइ छ ।

एडीबीका अनुसार अहिले गरिएको प्रक्षेपण व्यावसायिक क्षेत्रमा देखिएको असर ६ महिनासम्म कायम रहने अनुमानमा आधारित हो । तर, प्रक्षेपण अनुसारको सबैभन्दा कम क्षति भने तीन महिनासम्मको व्यवसायहरु प्रभावित हुने अनुमान अनुसार गरिएको हो ।

अहिले विश्वभर आर्थिक संकट सिर्जना हुने आशंकामा विश्वभरका केन्द्रीय बैंकहरुले आक्रामकरुपमा ब्याजदर कटौती गरिरहेका छन् । साथै अत्यधिक राहतको प्याकेज ल्याउने क्रम पनि जारी छ ।
स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment