+
+
Shares

आज जापान जाँदै नेपाल एयरलाइन्स, एक सातामै तीन उडानको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते १३:१७

२ जेठ, काठमाडौं । नेपाल एयरलाइन्स आज जापान उड्दैछ । जापानको नारितामा नेपालबाट चार्टर्ड उडान हुन लागेको छ । नेपाल एयरलाइन्सको बाइडबडी ए३३० जहाजले नेपालमा रहेका जापानी नागरिक र जापानले इन्ट्रीका लागि अनुमति दिएका नेपाली विद्यार्थी तथा कामदार समेत जापान र्फकँदैछन् ।

नेपाल एयरलाइन्सका अनुसार शुक्रबार राती ९ बजे त्रिभुवन विमानस्थलबाट जहाज नारिताका लागि उड्ने भएको छ । यो लकडाउन पछिको नेपाल एयरलाइन्सले जापानमा गर्न लागेको दोस्रो उडान हो । यसअघि २८ चैतमा समेत जहाज नारिता गएको थियो ।

नारिता नेपाल एयरलाइन्सको नियमित गन्तब्य समेत हो । तर, व्यवसायिक उडानमा प्रतिवन्ध लागेपछि चार्टर्ड उडान भइरहेको छ । त्यसो त नेपाल एयरलाइन्सले जापानमा एक साताको बीचमा नारितामा मात्र तीन उडानको तयारी गरेको छ ।

आजसहित १७ र २२ मे मा समेत वाइडबडी नारिता जानेछ । जापानले स्वास्थ्य परीक्षण गरी कामदार तथा विद्यार्थी लैजाने अनुमति दिएपछि नेपालमा अडि्कएका नेपाली तथा जापानी नागरिक उक्त मुलुक र्फकन लागेका हुन् । तीन वटै उडानमा सीट करीव पुरै भरिने बताईएको छ ।

निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार शुक्रबार २ सय ५० यात्रु काठमाडौंबाट उड्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?