
६ जेठ, विराटनगर । मंगलबार एकै पटक कोरोना संक्रमण पुष्टि भएका झापाका ९ जना हालै भारतबाट नेपाल प्रवेश गरेकाहरु रहेको पाइएको छ ।
सोमबार कचनवल गाउँपालिका ३ पथरीयाका एक युवकमा कोरोना देखिएको थियो, ती युवक भारतबाट आएका थिए ।
मंगलबार संक्रमण पुष्टि भएकाहरु पनि भारतबाट नै आएका हुन् । ‘चोरबाटो नेपाल प्रवेश गर्न खोज्दा पाठामारीबाट नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेका थियौं’ गाउँपालिका अध्यक्ष अन्जरा आलमले भने ‘क्वारेन्टाइनबाटै स्वाब संकलन भएको थियो ।’
संक्रमितहरु गाउँपालिकाको विभिन्न वडाका छन् ।
उनका अनुसार गाउँपालिका भारतबाट आएकाहरु ९६ जना छ । दुईवटा क्वारेन्टाइन निर्माण गरिएको बताउँदै उनले एउटामा ६४ र एउटामा ३२ जना बसिरहेका छन् ।
भारतमा रेलसेवा सुरु भएसँगै चोरबाटो हुँदै नेपाल प्रवेश गर्नेको संख्या बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4