Comments Add Comment

कोरोनाबाट जोगिन त्रिभुवन विमानस्थलमा यस्तो छ पूर्वतयारी

९ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई शुक्रबार त्रिभुवन विमानस्थलको निरीक्षणमा पुगेका छन् । उनले विमानस्थल खुलेपछि यहाँबाट कोरोनाको संक्रमणका फैलिन नदिन बनाइँदै गरेका विभिन्न संरचनाको अवलोकन गरे ।

अहिले विमानस्थलमा यात्रुहरू बीच दुरी कायम रहने र भिडभाड नहुने गरी गरिएका मार्किङलगायतका संरचनाको अवस्थाबारे जानकारी लिए ।

जारी लकडाउन र कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि हवाई सेवा सुचारु हुनेछ । त्यसका लागि अब साविकको जस्तै गरी सेवा प्रदान गर्ने वातावरण रहनेछैन ।

विमानस्थलमा यात्रुले सामाजिक दुरी कायम गर्नुपर्नेछ भने सुरक्षाका विविध उपाय अपनाउनुपर्नेछ । यसका लागि विश्व स्वास्थ संगठन (डब्लुएचओ) तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले तोकेको मापदण्ड पूरा गर्नुपर्छ ।
सोहीअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले समेत आफ्नो तयारी थालेको छ । मन्त्री भट्टराईले विमानस्थलमा भइरहेका कामको अनुगमन गरेका हुन् ।

विमानस्थलमा आन्तरिकतर्फको काम सम्पन्न गरी अहिले अन्तर्राष्ट्रिय टर्मिनलमा विविध संरचना बनिरहेका छन् । यी संरचनाले सामाजिक दुरी कायम गर्नुका साथै कोभिडबाट जोगिन मद्दत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment