
११ जेठ, काठमाडौं । प्रहरी बिट, स्वयम्भूका प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्की मृत फेला परेका छन् ।
आइतबार बिहान सुतेकै ठाउँमा उनी मृत भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीले अनलाइनखबरलाई जानकारी दिए ।
उनका अनुसार असई कार्कीको कन्चटमा गोली लागेको छ । प्रारम्भिक अनुसन्धानमा असई कार्कीले आफैंले गोली हानेको हुनसक्ने देखिएको उनले बताए ।
अहिले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज जाने तयारी भइरहेको जनाइएको छ । थप अनुसन्धान जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4