Comments Add Comment

बिमा प्रिमियममा ५० प्रतिशतसम्म अनुदान दिइने

१५ जेठ, काठमाडौं । कोरोना प्रभावित क्षेत्रमा सरकारले बीमा प्रिमियममा ५० प्रतिशत अनुदान दिने भएको छ । यसका लागि १३ अर्ब ९६ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै बिमाको पहुँच बढाउने बताए । आगामी आर्थिक वर्षमा वित्तीय साधनको परिचालन उत्पादनमुखी बनाइने उनको भनाइ छ ।

पुँजी निर्माण र व्यवसायी वातावरण निर्माण गर्न विभिन्न उपायहरु अपनाइने अर्थमन्त्री खतिवडाले बताए ।

अर्थमन्त्री खतिवडाले बीमाको दायरा विस्तार गर्ने र दाबीलाई सहज बनाउने समेत बताए । उनले आगामी आर्थिक वर्ष सबै नागरिकमा बीमाको पहुँच सहज बनाउन घुम्ती बीमा कार्यक्रम चलाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment