Comments Add Comment

चौरजहारी घटनाबारेको भनाइ तोडमतोड गरेर राजनीतिकरण गरियो : जनार्दन

१४ जेठ, काठमाडौं । नेकपा नेता जनार्दन शर्माले चौरजहारी घटनाबारे आफूले राखेको भनाइलाई गलत ढंगले व्याख्या गरिएको गुनासो गरेका छन् ।

रुकुम पश्चिमका जनप्रतिनिधिसमेत रहेका शर्माले संसदमा बोलेका विषयलाई बंग्याएर गलत रूपमा व्याख्या गरिएको बताए ।

‘संसदमा मैले बोलेको स्पष्ट भनाइ हुँदाहुँदै तोडमोड गरी राजनीतिकरण गर्ने प्रयास भएको छ,’ शर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।

चौरजहारी प्रकरण मानव सभ्यताको खिल्ली उडाउने घटना भएकाले त्यसमाथि निष्पक्ष छानबिन गर्न पनि शर्माले माग गरेका छन् । उनले छानबिनमा सघाउने प्रतिबद्धता पनि दोहोर्‍याएका छन् ।

पश्चिम रुकुमको चौरजहारीमा  जेठ १० मा विवाहका लागि गएका जाजरकोटका नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुुनारको हत्या भएको थियो । उनीहरूसँगै गएकामध्ये दुई अझै बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment