Comments Add Comment

मेलम्ची खानेपानी आयोजनाको बजेट साढे ५ अर्ब

१५ जेठ, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ५ अर्ब ४० करोड बजेट छुट्याएको छ । संसदमा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मेलम्चीका लागि पाँच अर्ब ४० करोड अर्ब बजेट विनियोजन भएको जानकारी दिए।

उनले चालु आर्थिक वर्षभित्रै काम सकेर आगामी वर्षको सुरुवातमै काठमाडौंमा पानी वितरण थाल्ने घोषण पनि गरेका छन्।

२०६४ सालमै सक्ने गरी थालिएको मेलम्चीको म्याद पटक-पटक थपिँदै आएको छ । ०७५ पुसमा काम छाडेर इटालियन कम्पनी सीएमसी भागेपछि आयोजना नौ महिना रोकिएर अहिले नयाँ ठेकेदारमार्फत काम भइरहेको छ । आयोजनाले मुहानमा बन्ने हेडवर्क्स निर्माणको काम भने वर्षायामपछि नै सम्पन्न गर्ने लक्ष्य राखेको छ । त्यसबाहेकका काम वर्षायाम अगावै सक्नुपर्छ।

मेलम्चीको पानी सुरुङतर्फ फर्काउने मुख्य संरचनाको काम सकिए पनि अन्तिम रुप दिन बाँकी छ । सिनो हाइड्रोले गेट निर्माण, भेन्टिलेसन साफ्ट, पाइप जडान, स्काडा प्रविधि जडानलगायतका साना ठेक्काका कामहरू पनि गरिरहेको छ।

यहाँ गेट निर्माण कार्य पानी पथान्तरणका लागि महत्वपूर्ण हुने आयोजनाका अधिकारी बताउँछन् । जेठ मसान्तसम्म गेट बनाइसक्ने लक्ष्य छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment