Comments Add Comment

२५ अर्बले घटाइयो भौतिक पूर्वाधारको बजेट

१५ जेठ, काठमाडौं । सरकारले यो वर्ष भौतिक पूर्वाधारतर्फको बजेट १ खर्ब ३८ अर्ब ८० करोड विनियोजन गरेको छ । यो वर्ष सरकारले भौतिक पूर्वाधार विकासको बजेट गत वर्षको भन्दा २४ अर्ब ७२ करोडले घटाएको हो ।

सरकारले यो वर्ष राजस्व स्रोतमा परेको दबावका कारण भौतिक पूर्वाधार आयोजनाहरुको कटौती गरेको हो । बजेट लिएर पनि खर्च गर्न नसकेका आयोजनाहरुलाई अर्थ मन्त्रालयले यस वर्ष बजेटमा निकै कसेको छ ।

यो वर्ष रेल विभागको बजेट आंशिक मात्रै बढेको छ भने सडक विभागको बजेट घटेको छ । यो पटक सरकारले पूर्वतयारी नसकिएका आयोजनाहरुलाई ठूलो बजेट विनियोजन गरेको छैन ।

यो वर्ष राष्ट्रिय गौरवका सडक सम्बद्ध आयोजनाको बजेट पनि घटाइएको छ । हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, काठमाडौं–तराई द्रुतमार्ग लगायत सबै आयोजनाको बजेट घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment