Comments Add Comment

स्वास्थ्य सचिव कोइरालाकाे सरुवा

१५ जेठ, काठमाडाैं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको सरूवा गरेको छ ।

नयाँ स्वास्थ्य सचिवका रूपमा लक्ष्मण अर्याललाई  पठाइएको छ भने यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

कोइराला स्वास्थ्य सचिव नियुक्त भएको तीन महिना पुगेको छैन । गत १८ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई स्वास्थ्य सचिवमा सरूवा गरेको थियो ।

तर  स्वास्थ्यमा आएदेखि विवादमा तानिएका थिए । डाक्टरहरुलाई गाली गरेको भन्दै उनको आलोचना समेत भएको थियाे । डाक्टर शेरबहादुर पुनको विवादको योजनकार उनी नै भएको आरोप लागेको थियो ।

स्वास्थ्य मन्त्रालयको कर्मचारीहरुसँग पटक-पटक विवाद भएकाले कोरोना नियन्त्रणमा समन्वय हुन सकेको थिएन ।

अर्याल भने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवको रुपमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment