Comments Add Comment

प्रदेश २ मा थप ६० जनामा कोरोना संक्रमण पुष्टि

१८ जेठ, वीरगञ्ज । प्रदेश २ मा आइतबार  बिहान  मात्रै ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना संक्रमित भएका छन्।

रौतहटमा संक्रमति भएकामध्ये दूर्गा भगवती क्वारेन्टिनका ८ जना, मदरसा क्वारेन्टिनका १० र गौर क्वारेन्टिनका ११ जना हुन्।

त्यसैगरी धनुषामा संक्रमति भएकाहरू मुखियापट्टी मुसहरनिया क्वारेन्टिनका ११ जना, गोपाल धर्मशालाको ९ जना र एकजना गणेशमान चारनाथ नगरपालिकाका हुन् ।

त्यसैगरी सर्लाहीमा संक्रमित भएकाहरू हरिपुर नगरपालिकाका ७ जना र ब्रह्मपुरी गाउँपालिका क्वारेन्टिनका तीनजना रहेका छन् । उनीहरू सबैको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment