Comments Add Comment

म्याग्दी सिखबाट हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

१८ जेठ, पोखरा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ कि गर्भवती नरदिता गर्बुजालाई हेलिकप्टरमार्फत उपचारका लागि पोखरा ल्याइएको छ ।

प्रसुति गराउन स्थानीय स्वास्थ्य चौकी लगिएकी उनको निरन्तर रक्तस्राव  भइरहेको र स्वास्थ्यकर्मीले रेफर गरेपछि हेलिकप्टरमार्फत उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको हो ।

स्थानीय स्वास्थ्यकर्मीले नै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनलाई खबर गरेपछि उनको उद्धार भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यका अनुसार अहिले गर्बुजाको अवस्थामा सुधार हुँदै गइरहेको छ ।

दुर्गमका गर्भवतीलाई असहज परिस्थितिमा उद्धार गरेर सुविधायुक्त अस्पताल ल्याउने काम गण्डकी प्रदेशले गर्दै आएको छ । गण्डकी प्रदेशले १५ जना गर्भवतीको यसरी नै हेलिकप्टरमार्फत उद्धार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment