Comments Add Comment

माग पूरा नभएसम्म काममा नफर्किने आंशिक प्राध्यापक संघको चेतावनी

१८ जेठ, काठमाडौं । नेपाल आंशिक प्राध्यापक संघले दुई बुँदे माग राख्दै विश्वविद्यालयका सम्पूर्ण शैक्षिक गतिविधिमा संलग्न नरहने घोषणा गरेको छ ।

संघका अध्यक्ष डा. महेशकुमार गजुरेल, महासचिव केशव चन्द र आन्दोलन समितिका संयोजक नरेन्द्रप्रसाद भण्डारीले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफूहरूले अघि सारेको माग पूरा नभएसम्म प्राध्यापनमा नफर्किने चेतावनीसमेत दिइएको छ ।

विश्वविद्यालयले गरेको बेइमानीका कारण संघले यसप्रकारको कठोर निर्णय गर्न बाध्य भएको विज्ञप्तिमार्फत् जनाइएको छ ।

त्रिभुवन विश्वविद्यालयको आंशिक प्राध्यापकको दीर्घकालीन व्यवस्थापनका लागि २०७४ साल मंसिर ८ भएको मन्त्रिपरिषद्को निर्णय अविलम्ब कार्यान्वयन गर्नुपर्ने माग संघले अघि सारेको छ ।

आंशिक प्राध्यापकहरूको बाँकी ज्याला तथा बन्दाबन्दीको समयावधिभरका लागि शैक्षिक भत्ता तत्काल उपलब्ध गराउनुपर्ने माघ समेत संघले अघि सारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment